आज १६ नोभेम्बर । आज विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही एतिहासिक विश्व घटनाः
वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री
सन् १९८८ मा वेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन् । मुस्लिम देशको पहिलो महिला प्रधानमन्त्री बनेकी भुट्टो १९८८ देखि १९९० सम्म शासन गरेकी थिइन् । उनी सन् १९९३ देखि १९९६ सम्म दोस्रो पटक पनि प्रधानमन्त्री बनेकी थिइन् ।
ह्यारी पोटरमा आधारित चलचित्र
सन् २००१ मा प्रसिद्ध पुस्तक ह्यारी पोटरमा आधारित चलचित्र निर्माण भएको थियो । ह्ँयारी पोटर उपन्यासका लेखक जे के रोलिङ हुन् ।
इस्टोनियाद्वारा सार्वभौम सम्पन्न देश घोषणा
सन् १९८८ मा तत्कालिन सोभियत युनियनबाट इस्टोनिया सार्वभौमसम्पन्न देश भएको घोषणा गरेको थियो । सिंगिङ क्रान्तिको एउटा अंशको रुपमा घोषित सो कानुनले सोभियत कानुनमाथि प्रभुत्व जमाएको थियो । हरेक १६ नोभेम्बरलाई इस्टोनियाले सार्वभौमसत्ता घोषणा वर्षको रूपमा मनाउँछ ।
युनेस्कोको स्थापना
सन् १९४५ मा राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) राष्ट्रसंघको एउटा अभिन्न अंगको रुपमा स्थापना गरिएको थियो । युनेस्कोले शिक्षा, वैज्ञानिक सहकार्य र सांस्कृतिक आदानप्रदानमार्फत विश्वमा शान्ति र भलाइका लागि काम गर्छ । पेरिस मुख्यालय रहेको युनेस्कोका १९५ देश सदस्य छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस