काठमाडौं-नेकपा (माओबादी केन्द्र) ले उपत्यकामा रहेका पार्टी सदस्यहरुको सम्पर्क र सम्वन्धलाई उत्साहजनक रुपमा बिस्तार गरेको छ ।
सम्पर्क समिति अन्तर्गतको जिल्ला कमिटीले २ सय ५० को हाराहारीमा सदस्यता नविकरण र बितरण गरेको थाहा भएको छ ।
दशैं तिहार र प्राकृतिक प्रकोपको बीचमा भएको सदस्यता बितरणको कार्यमा अन्तिम दिन २५ गते साँझ ५ बजेसम्ममा २१९ सदस्यता कम्प्युटर ईन्ट्री भएकोमा थप गरिएको अवधिमा पनि ईन्ट्री गर्ने कार्य भईरहेको सो कार्यको जिम्मेवारी लिएका उपाध्यक्ष भक्त पयाङ्गुले जानकारी दिए |
यसैबीच,पाँचथर-काठमाडौ जिल्ला सम्पर्क समिति (जनसम्पर्क मञ्च) को अधिवेशन आउँदो मंसिर ४ गते शनिबार हुने भएको छ। सम्मेलनलाई पार्टीका संगठन बिभाग प्रमुख तथा अर्थ मन्त्री जनार्दन शर्म ‘प्रभाकार’ले सम्बोधन गर्ने प्रचार संयोजक बिन्देश्वर खनालले बताए।
यसैबीच,सम्मेलनको उदघाटन शत्रमा च्याब्रुङ (के:लाङ) नाँच सहित विभिन्न साँस्कृतिक झाँकी,कलाकार र साहित्यकारहरुको प्रस्तुति रहने र जेष्ठ नागरिक,घाईते,आपाङ तथा बेपत्ता परिवार र कम्युनिष्ठ आन्दोलनमा बिशिष्ठ योगदान पुर्याएका पाँचथरबासिहरुलाई सम्मान गरिने योजना पनि रहेको छ |
आयोजक समितिले परिवर्तन र समाजबाद पक्षधरहरुलाई सक्रिय सहभागितका लागि सार्वजनिक आह्वान समेत गरेको छ ।
सुकेधाराको नवदुर्गा पार्टी प्यालेसमा दिनको ११:३० बजेदेखि हुने सम्मेलनलाई सफल पर्न विभिन्न उप-समितिहरु गठन गरिएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस