जुम्ला- पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ चाडै नै पारित हुने बताएका छन् । उनले सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ कर्णाली प्रदेशसभामा दर्ता भइसकेकाे र चाडै नै पारित पनि हुने विश्वास व्यक्त गरे ।
उनी तत्कालिन खस राज्यको राजधानी जुम्लाको सिँजामा सिँजा सभ्यता विधेयकको बिषयमा सुझाव संकलन गर्न पुगेका हुन् । कर्णाली प्रदेशसभा सचिवालयको आयोजनामा सिँजा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ ले स्थानीय स्तरमा सुझाव संकलन गरेकाे हाे । जुम्ला प्रदेशसभा (क) का सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी, कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथाेकीसहित जुम्लास्थित स्थानीय बुद्धिजिवी र जनप्रतिनिधि र सरोकारवाला निकायहरूमार्फत सुझाव संकलन भइरहेकाे छ ।
कर्णाली प्रदेशसभामा १० असाेज २०७८ मा सांसद पदम रोकाया र दिनबन्धु श्रेष्ठको समन्वयमा सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक दर्ता भएको थियो । यसमा थप समेट्नु पर्ने बिषयमा सुझाव दिएको छ । सिँजा सभ्यता संरक्षण गर्ने विधेयक ऐतिहासिक कानुनी दस्तावेज हुने भएकाले दर्ता गर्ने सांसद र प्रदेश सचिवालयलाईको टोली कनकासुन्दरी गाउँपालिका-४ मा रहेको लामाथाडा पुगेका हुन् ।
सिँजावासीले सभ्यता ब्यूँझाउन विधेयक चाडै नै प्रदेश सभा संसदबाट पारित गर्न आग्रह समेत गरेका छन् । स्थानीय खसभाषाका जानकार रमानन्द आचार्यले भाषा जन्माएको, संस्कृति जन्माउने सिञ्जामा सभ्यताको छलफल र सुझाव दिन पाउँदा खुशी लागेकाे बताए । विधेयक चाडै पास गर्न उनले कर्णाली प्रदेशसभाको टोलीलाई अनुरोध गरे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस