सोल- विश्वका धनी मुलुकहरुमध्ये कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा घरेलु ऋणको अनुपात दक्षिण कोरियाको सबैभन्दा उच्च रहेको सोमबार प्रकाशित एक प्रतिवेदनले देखाएको छ।
इन्टरनेशनल फाइनान्स इन्स्टिच्युटको प्रतिवेदनअनुसार यस वर्षको जुन अन्त्यसम्ममा देशको घरायसी ऋण कुल गार्हस्थ्य उत्पादनको १०४.२ प्रतिशत रहेको छ, जुन संसारका ३७ धनी देशहरु मध्ये सबैभन्दा उच्च हो।
अन्य देशहरुमा हङकङ ९२ प्रतिशत, बेलायत ८९.४ प्रतिशत, अमेरिका ७९.२ प्रतिशत, थाइल्याण्ड ७७.५, मलेसिया ७३.४ र जापान ६३.९ प्रतिशत रहेको छ ।
दक्षिण कोरियाको अनुपात एक वर्ष अघिको तुलनामा ६ प्रतिशत बिन्दुले बढेको थियो, जुन सबैभन्दा द्रुत वृद्धि दर पनि हो।
ती अर्थतन्त्रहरूमध्ये दक्षिण कोरिया एक मात्र देश हो जसको आर्थिक आकारभन्दा बढी घरेलु ऋण छ।
दक्षिण कोरियाले कोभिड-१९ महामारीबाट खस्केको अर्थतन्त्रलाई उकास्न विभिन्न कार्यक्रमहरु घोषण गरेको छ । उसले घरेलु ऋण रोक्न समेत प्रयास गरिरहेको छ।
प्रतिवेदनले दक्षिण कोरियाली कम्पनीहरूको ऋण अनुपात पनि वर्षको दोस्रो त्रैमासिकमा ११५ प्रतिशतमा आएको देखाएको छ। जुन अन्य मुलुक हरु मध्ये पाँचौं उच्च हो।हङकङ सबैभन्दा बढी २४७ प्रतिशत रहेको छ भने चीन १५७ दशमलव ६ प्रतिशत र सिंगापुर १३९.३ प्रतिशत रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस