काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले सामाजिक सद्भाव कायम गर्न आह्वान गरेका छन् । जनकपुरधाम महानगरपालिकामा मुस्लिम तथा हिन्दु समुदायबीच झडप भएपछि महतोले प्रेस विज्ञप्ति जारी गरेर सामाजिम सद्भावका लागि आह्वान गरेका हुन् ।
जनकपुर–२० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीचमाा झडप भएको भोलिपल्ट महतोको सो आह्वान आएको हो ।
‘देवपुरा रुपैठामा दुई समुदायबीचमा उत्पन्न भएको बिबाद र वैमन्यस्ताले सामाजिक सद्भाव खल्बलिने गरी बिबाद सिर्जना भएकाले मलाई चिन्तित तुल्लाएको छ’, महतोले विज्ञप्तिमार्फत् भनेका छन्, ‘दुई समुदायबीच आपसी सामाजिक सौहार्दता पौराणिक कालदेखि नै रहँदै आएको सर्वविदित नै छ । तसर्थ वार्ता र संवादमार्फत समस्याको समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु ।’
दुवै समुदायका व्यक्तिहरूलाई धैर्यता अपनाइ वार्ता र संवादको माध्यमले नै समस्याको समाधान खोज्न आग्रह गर्दै महतोले स्थानीय प्रशासन र जनसमुदायसँग सम्पर्क र संवाद रहेको जानकारीसमेत गराएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस