पेरिस-फ्रान्समा राष्ट्रपति कार्यलयमा एक महिला सैनिकमाथि भएको बलात्कारबारे अनुसन्धान सुरू भएको छ । राष्ट्रपति कार्यलयमा आयोजित मदिरापान कार्यक्रममा एक महिला सैनिकले आफूमाथि याैन दुर्व्यबहार भएको बताएकी थिइन् । बलात्कार गर्ने व्यक्ति पनि सैनिक नै रहेको जनाइएको छ ।
एक वरिष्ठ सैनिक अधिकारीको बिदाई कार्यक्रममा आफ्नै सहकर्मीले बलात्कार गरेका थिए । कार्यक्रममा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याँक्रो पनि सहभागी थिए ।
जुलाई १ मा आयोजित कार्यक्रममा राष्ट्रपति म्याँक्रोले आफ्नो भनाई राखेर निस्कएपछि मदिरापानको कार्यक्रम चलेको थियो । कार्यक्रममा एक पुरुष सहकर्मीले बलात्कार गरेको ती महिला सैनिकको भनाई छ । घटना भएको भोलिपल्ट उनले प्रहरीमा उजुरी दिएकी थिइन् ।
आरोपित व्यक्तिमाथि छानविन भएको छ । तर, उनीबिरुद्ध मुद्दा भने चलाइएको छैन् । आफ्नै सहकर्मीले महिला सैनिक बलात्कार गरेको विवरण शुक्रबार मात्र सार्वजनिक भएको थियो ।
पीडित महिला र आरोपित व्यक्ति दुबै जना राष्ट्रपति भवनको सुरक्षा अधिकारीको कार्यालयका कर्मचारी हुन् । उनीहरूबीच लामो चिनजान थियो ।
फ्रान्सेली कानुनअनुसार सहमतिमा यौन सम्बन्ध राख्न १५ वर्ष पूरा हुनुपर्छ । फ्रान्समा पछिल्लो समयमा यौन दुर्व्यबहारका घटना बढेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस