काभ्रे-सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकामा डोनाल्ड ट्रम्प र नेपालमा केपी ओलीले डेमोक्रेसी ढाल्न खोजेको आरोप लगाएका छन् । काभ्रेको धुलिखेलमा शुक्रबार आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अमेरिकामा सिस्टमले डेमोक्रेसी बचाएको, तर नेपालमा सिस्टम नहुँदा लड्नुपरेको बताए ।
‘ट्रम्पको पालामा अमेरिकाको डेमोक्रेसी डिलबाट ढल्न लागिसकेको थियो । तर सिस्टमले बचायो’, उनले भने, ‘तर हामीसँग सिस्टम छैन । सिस्टम बनाउने क्रममा छौं । नेपाली जनताको सन्तुलित भूमिकाले अहिलेको स्थितिमा छौं । सिस्टम बसेको भए यति हुँदैनथ्यो । सिस्टम बसाल्ने प्रयास गरिरहेका छौं ।’
सापकोटाले ओलीको नाम नलिई दुई पटकको संसद विघटनलाई लोकतान्त्रिक प्रणाली भत्काउन खोजेको प्रयासका रूपमा अर्थ्याए । यसमा उनले ट्रम्पको उदाहरण दिएका हुन् ।
उनले ५ पुस (प्रतिनिधिसभा विघटन)देखि २८ असार (दोस्रोपटक संसद पुनर्स्थापना) सम्मका दिन आफ्ना लागि सिक्ने विश्वविद्यालय भएको टिप्पणी समेत गरे । ‘पाठ सिक्नु महत्वपूर्ण छ । धेरै सामग्री प्राप्त भएको छ’, उनले भने, ‘भोलि दर्शन र इतिहासका विद्यार्थीलाई रोचक हुनेछ ।’
सभामुख सापकोटाले संसद पुनर्स्थापनापछि पनि काम गर्ने वातावरण नपाएको गुनासो गरे । ‘मैले रचनात्मक प्रदर्शन गर्न सकेको छैन । वातावरण पाएको छैन’, उनले भने, ‘कति हुन्छ समन्वयात्मक भूमिका खेल्छु ।’
लोकतन्त्रको आत्मा संसद भएको बताउँदै सापकोटाले लोकतन्त्रलाई कसरी अभ्यास गर्ने भन्ने महत्वपुर्ण भएको बताए । ‘संसद सबैभन्दा प्रभावकारी र शक्तिशाली निकाय हुनुपर्छ । सबैको जन्म संसदबाट हुन्छ । प्रम, राष्ट्रपति, सभामुख, राष्ट्रिसभा अध्यक्षको जन्म हुन्छ । लोकतन्त्र जीवन्त राख्ने महत्वपुर्ण निकाय हो । यो लोकतन्त्रको अभ्यास हो । राम्रो अभ्यास गरे सफल हुन्छ ’, उनले भने ।
सभामुख सापकोटाले कानुन निर्माण गुणस्तरीय र जनताको हितमा हुनुपर्नेमा जोड दिए । कार्यान्वनयमा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस