टोकियो-हिन्द–प्रशान्त क्षेत्रमा दुई देशको गठबन्धन बलियो बनाउन अमेरिका र जापान सहमत भएका छन् । प्रशान्त क्षेत्रमा चिनियाँ सेनाको बढ्दो उदयसँगै बेइजिङलाई ‘काउन्टर’ दिन र गठबन्धलाई थप शक्तिशाली बनाउन दुबै देश सहमत भएका हुन् । अमेरिकाका हिन्द–प्रशान्त कमान्ड जोन अक्विलिनाको टोकियो भ्रमणका अवसरमा सहमति भएको हो ।
भ्रमणका अवसरमा अक्विलिनाले जापानी प्रधानमन्त्री फुमिओ किशिदासँग भेटावार्ता गरेका थिए । भेटमा हिन्द–प्रशान्तमा क्षेत्रमा चीनले एकतर्फी रुपमा आफ्ना गतिविधि बढाएको र उत्तर कोरियाले हालै प्रहार गरेको मिसाइल परीक्षणबारे दुबै जनाले चासो देखाएका थिए । सो अवसरमा अक्विलिनाले हिन्द–प्रशान्त क्षेत्रमा शान्ति, स्थायित्व र समबृद्धि कायम गर्न अमेरिकी प्रतिबद्धता दोहोराएका थिए ।
अक्विलिनाले रक्षामन्त्री नोबुओ किसी र नवनियुक्त विदेशमन्त्री योशिमासाा हायासीसँग पनि भेट गरेका थिए । रक्षामन्त्रीसँगको भेटमा हिन्द महासागरको सुरक्षा पकड कायम राख्न र चीनको हस्तक्षेप रोक्न दुई देशबीच संयुक्त सैन्य अभ्यासदेखि जापानालाई अमेरिकाले हतियार उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।
हिन्द–प्रशान्त क्षेत्रमा पछिल्लो समयमा चिनियाँ सेनाको उपस्थित बाक्लोे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस