एजेन्सी – सोभियत संघको अधीनमा रहेको पूर्वी जर्मनीबाट अमेरिकी सम्राज्यवादको प्रभाव रहेको पश्चिम जर्मनीमा मानिसहरुलाई जानबाट रोक्न बनाइएको बर्लिन पर्खाल ढलेको मंगलबार ३२ वर्ष पूरा भएको छ ।
सन् १९६१ मा निर्मित पर्खाल १९८९ मा भत्काउन थालिएको थियो । १५५ किलोमिटर लामो पर्खाल भत्किएको एक वर्षपछि जर्मनीको एकीकरण भएको थियो । पर्खालको तीन किलोमिटर अंश अझै बाँकी छ ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि विश्व परस्पर दुई धारमा बिभाजित थियो । अमेरिकी नेतृत्वको पूँजीवादी र तत्कालिन सोभियत संघले नेतृत्व गरेको साम्यवादी धार ।
सोभियत संघको अधीनमा रहेकोे पूर्वी भाग सन् १९४९ मा जनवादी गणतन्त्र जर्मनी घोषणा भएको थियो । छुट्टै मुलुक बने पनि प्रशासन, सेना र गुप्तचरका गतिविधि सोभियत संघकै इसारामा चल्थे ।
तर, विकासका दृष्टिले पश्चिम जर्मनीभन्दा पूर्वी जर्मनी धेरै पछाडि थियो । त्यसपछि पूर्वी जर्मनीबाट पश्चिमतर्फ बसाई सर्नेको होड चलेको थियो । पर्खाल बनाउनुअघि ३० लाख मानिस पूर्वबाट पश्चिम जर्मनी पुगेको अनुमान छ ।
पश्चिमी जर्मनीको विकासबाट अत्तालिएको पूर्वी जर्मनीले सन् १९६१ बाट सीमा पूर्ण रुपमा बन्द गरी बर्लिनमा पर्खाल लगाउन थालेको थियो । सन् १९६५ देखि १९७५ को बीचमा दुई सहरलाई छुट्टाउन विशाल पर्खाल लगाइयो । १५५ किलोमिटर लामो सो पर्खालको उचाई साढे तीन मिटर थियो ।
पर्खाल लगाएपछि पूर्वबाट पश्चिम सहरमा जान केही कमी भयो । सन् १९८९ सम्म करिव पाँच हजार जनाले पर्खाल नाघ्ने कोसिस गरेका थिए । नाघ्ने क्रममा २०० जनाको मृत्यु भएको थियो ।
पर्खालको चौतर्फी बिरोध भयो । पूर्वी जर्मनीका नागरिकहरुले बिद्रोह गरे । सन् १९८९ को नोभेम्बरमा पूर्वी जर्मनका शासकले पर्खाल भत्काउन बाध्य भएका थिए ।
पर्खाल भत्काउन मात्रै तीन वर्ष लागेको थियो । सन् १९९२ मा पर्खाल पूर्ण रुपमा भत्काइएको थियो । पर्खाल भत्काएको एक वर्षपछि पूर्वी र पश्चिमी जर्मनीको एकीकरण भएर हालको जर्मनी भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस