फिदिम – राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरले छिमेकी राष्ट्रय चीन र भारतलाई जोड्न अब तीन किलोमिटर मात्र बाँकी छ । तमोर कोरिडोर आयोजनाको काम अहिले ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोमा क्षत्रेमा प्रवेश गरेको छ ।
कोरिडोरको अन्तिम ट्रयाक खोल्ने काम गरिरहेको छ । आगामी फागुन मसान्तअगाडि नै चीनसँग सडक सञ्चालनले जोड्ने एलाइट निर्माण कम्पनीका प्रतिनिधी राजीव लामिछानेले बताए ।
‘अब तमोर नदीमा मेसिन तराउन छ । नदी तर्नु अगाडि एक पटक पूजापाठ गरेर तमोर नदी तार्ने तयारी भइरहेको छ’, उनले भने । तमोर नदी पार गरेर नदीको किनार हुँदै चीन रिउ बजारसँग कोरिडोले जोडिनेछ ।
चीन र नेपालको टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लम्बाइ ट्रयाक चीनको निर्माण कम्पानीले दुई वर्ष अगाडि नै खोलिसकेको छ । सुनसरीको चतारादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाको सुकेपानी गत साता प्रवेश गरेको छ । गैरीपाटी र सुकेपानीको दूरी तीन किलोमिटर पर्ने उतर दक्षिण लोक सडक आयोजनाका सूचना अधिकारी माधव पौडेलले बताए ।
भारतको जोगवनीदेखि कोरिडोरले विराटनगर क्षेत्र हुँदै प्रत्यक्ष भारत र चीनसँग सडक सञ्जालले जोड्ने सूचना अधिकारी पौडेलले बताए । सुनसरीको चतारादेखि ओलाङचुङगोलासम्म २३० किलोमिटर पर्दछ । ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ । तमोर कोरिडोरको जम्मा २५४ किलोमिटरमा पर्दछ । यसमा २५४ किलोमिटरमा चोतारादेखि टिप्पताला नाकासम्म पर्दछ ।
प्रदेश १ को राजधानी विराटनगरको नाका भारतको जोगवनीदेखि ६० किलोमिटरमा सुनसरीको चोतारा पर्दछ । ३१४ किलोमिटरले भारत र चीन प्रत्यक्ष सडक सञ्चालनले जोड्ने उतर दक्षिण लोक सडक आयोजनाको कार्यालय ताप्लेजुङले जनाएको छ ।
ओलाङचुगोला हुँदै चीन जोड्ने तमोर कोरिडोरको ट्रयाक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनकुटाको मूलघाटबाट खन्न सुुरु गरिएको यो सडक ताप्लेजुङ हुँदै नेपाल चीन सिमाना ओलाङचुङगोलासम्ममा अहिले ट्रयाक खोल्लने काम भइरहेको फक्ताङलुङ गाउँपालिकाको प्रवक्ता तथा ओलाङचुङगोलाका स्थानीय छेतेन लामाले बताए ।
उनले भने, ‘कोरिडोरको ट्रयाक ओलाङचुङगोला क्षेत्रमा प्रवेश गरेको छ । ओलाचुङगोला भित्र ३०० मिटर ट्रयाक खोली सकेको छ ।’ तमोर कोरिडोर निर्माणका लागि तीनवटा ब्लकमा धनकुटा, पाँचथर र ताप्लेजुङबाट निर्माण अघि बढाइएको थियो । सबै ब्लकको पहिलो काम ट्रयाक खुलाएको थियो । अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको गोलाङचुङगोको सुकेपानीदेखि गैरीपटीसम्मको तीन किलोमिटरको काम मात्र बाँकी रहेको पौडेलले बताए ।
करिब १८० किलोमिटर लम्बाइको यो सडक धनकुटाको साँगुरीगढी गाउँपालिका–२ देखि पाँचथरको लुबुघाट माझिटार ताप्लेजुङ छिचोलेर ओलाङचुङगोला हुँदै नेपाल र चीनको नाका टिप्तालासम्म पुग्नेछ । यो सडकखण्डमा विभिन्न आकारका १० वटा पुल निर्माण हुने क्रममा रहेको ओयोजनाले जनाएको छ ।
तमोर कोरिडोर विसं २०६५ मा सडक निर्माण सुुरु गराएको थियो । त्यतिखेर सडक उपभोक्ता समिति गठन गरी निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको हो ।
भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा तमोर कोरिडोरलाई विकास गर्न लागिएको सरकारले दाबी गरेको छ । यो सडक निर्माण गर्न अहिलेसम्म ४० करोड १९ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यो सडक निर्माण सम्पन्न भएपछि भारततर्फ जोगवनी नाका र चीनतर्फ तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग नेपाल जोडिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस