काठमाडौँ – एउटा लोकोक्ति छ– मरेको वर्षको शोक, छुट्टिएको वर्षको रिस ।
गत २८ भदौसम्म एउटै दलमा रहेका केपी शर्मा ओली र माधव नेपाल यतिवेला बेग्लाबेग्लै पार्टीको नेतृत्वमा छन् ।
नेकपा एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका नेता नेपाल यतिबेला संगठन बिस्तार अभियानमा छन् भने एमाले अध्यक्ष ओली महाधिवेशनको चटारोमा ।
अभियान र चटारोका बीचमा यी दुई नेता जब भाषणका लागि मञ्चमा पुग्छन्, एकअर्का विरुद्ध अभियोग र गालीमै आधा भाषण सकाउँछन् ।
पार्टी फुटेपछि (भदौ)यताका हरेक भाषणमा एकले अर्कालाई गद्दार घोषणा गर्नेदेखि लिएर कम्युनिष्ट नामको कलंकसम्म भन्न भ्याएका छन् । तर, पछिल्ला दिन भने यि दुई नेताको व्यक्तिकेन्द्रीत झगडा एकअर्कालाई बहिष्कार गर्ने अभियानसम्ममा पुगेको छ ।
बहिष्कार अभियानको फायर भने एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव योगेश भट्टराईले खोले । १७ कात्तिकमा काठमाडौंमा महाधिवेशन प्रचार अभियानबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एस)लाई ठेगाना नभएको र अवैध गर्भधारणबाट जन्मिएको पार्टी भन्दै महाधिवेशन उद्घाटनमा नबोलाउने घोषणा गरे ।
विभाजन अघिसम्म नेपाल खेमामा खुलेका भट्टराईको यो अभिव्यक्तिले एमाले र नेकपा(एस)को राजनीतिक वृत्तमा सनसनी मच्चायो ।
यो भाषण अघिसम्म एकले अर्कालाई बहिष्कार गर्ने विषयमा नसोचेका पार्टीहरू त्यसयता खुलेआम एकअर्कालाई बहिष्कार गर्ने बताइरहेका छन् । नेकपा(एस)ले अलिखित निर्णय ने गर्यो– ओली सहभागी हुने सबै कार्यक्रम बहिष्कार गर्ने । यही नीति अनुसार नेकपा एमाले मोरङ जिल्ला कमिटीले आयोजना गरेको चियापान कार्यक्रमलाई नेकपा(एस)ले बहिष्कार नै गर्ने घोषणा गरेको छ ।
सो पार्टीका जिल्ला प्रवक्ता ओसिम आलमका अनुसार ओली सहभागी भएका कुनै पनि कार्यक्रममा सहभागी नहुने निर्णयअनुसार आजको चियापान बहिष्कार गरिएको हो ।
गत १३ कात्तिकमा नेकपा (एस) मोरङले चाडपर्वको अवसरमा आयोजना गरेको चियापानलाई एमालेले समेत बहिष्कार गरेको थियो ।
एमाले प्रचार विभाग प्रमुख भट्टराई भने नेकपा(एस)का कार्यक्रममा नजाने निर्णय भने नभएको बताउँछन् । उता नेकपा (एस)का प्रवक्ता जगन्नाथ खतिवडा पनि पार्टीले घोषित निर्णय नगरे पनि स्थानीय कमिटीहरूले ओलीलाई बहिष्कार गर्ने रणनीतिमा भने रहेको बताउँछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस