काठमाडौं- एमसिसीबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयमा गलत बुझाइ हुनपुगेको सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।
प्रचण्डले इन्द्रेणी देउसी भैलो समूहसँग कुरा गर्दै एमसिसी पारित गर्ने भनेर प्रधानमन्त्री देउवा र आफूले पत्र नपठाएको स्पष्ट पारेका छन् ।
उनले सबै दलसँग छलफल नगरी, राष्ट्रिय सहमति नबनाई पारित गर्न नसकिने भएकोले त्यसको लागि समय चाहिने ब्यहोराको पत्र पठाएकोले भ्रममा नपर्न आग्रह गरेका छन् ।
देउवा प्रधानमन्त्री र आफ्नो पार्टी पनि सरकारमा हुँदा भएको सुरुको सहमतिमा अमेरिकाले अनुदान सहयोग दिने र नेपालले लिएर विकास गर्ने भन्ने मात्रै भएको प्रचण्डले स्पष्ट पारे ।
पछि भएको सम्झौतामा संसदमा लगेर ऐन सरह हुनेगरी पारित गर्ने कुरा थपिएर आएपछि आशंकाहरू बढेको प्रचण्डको भनाइ छ। आशंकाहरूको सम्बोधन नगरेर एमसिसी पास नहुने प्रचण्डले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस