काठमाडौं-काठमाडौं जिल्लामा भूकम्प प्रभावित ५० प्रतिशत बढी विद्यालयहरुको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ । शुक्रवार एकैदिन ४ वटा विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको छ ।
शुक्रवार एकैदिन ४ विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको थियो । दक्षिणकाली गरपालिकाका ३ र गोकर्णेश्वर नगरपालिकाको १ विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।
दक्षिणकाली नगरपालिका वडानम्बर-३ को सेतीदेवि मावि, गणेश आधारभूत विद्यालय र वडानम्बर ४ को फर्पिङ मावि साथै गोकर्णेश्वर नगरपालिकाको चामुण्डा माविलाई नयाँ भवन हस्तान्तरण गरिएको थियो ।
दक्षिणकाली नगरपालिकाका नवनिर्मित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख मोहन बस्नेतले इकाइले बनाइदिएको भवनमा विद्यार्थी र गुणस्तर बढाउने जिम्मा नगरले लिने बताए ।
नगरका १९ वटा विद्यालय मध्ये कसैको पनि जग्गा नभएपनि नगरले स्थानीयको सहयोगमा व्यवस्थापन गरिदिएपछि १३ विद्यालयको पुनर्निमार्ण सम्पन्न भइसकेको जानकारी दिए ।
काठमाडौंमा भूकम्पका कारण २४१ विद्यालयमा क्षति पुगेको थियो । ६४ बनिसकेका छन् । ६८ वटा निर्माण सम्पन्न हुने तरखरमा छन् । इकाइका इञ्जिनियर सागर पौडेलका अनुसार ५० प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको र आगामी माघ महिना सम्ममा थप ३० प्रतिशत विद्यालयको पुनर्निर्माण सम्पन्न हुनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस