काठमाडौं – रौतहटमा स्यालको आक्रमणबाट ज्यान गुमाएका गरुडा नगरपालिका ३ स्थित महमदपुरका शिक्षक बसन्त यादवलाई शहिद घोषणा र घाइते अरु डेढ दर्जनलाई उपचारको माग गर्दै रौतहटको व्यापारिक केन्द्र गरुडामा बिहिबार तीन घण्टा चक्काजाम गरिएको छ ।
पीडितका आफन्तले स्यालको टोकाईबाट गम्भीर घाइते ५५ वर्षीय मगरु भन्ने रामफल महतोलाई टायरगाडासहित गरुडाको मुख्य बाटोमा राखेर बिहान ९ बजे देखि १२ बजेसम्म चक्काजाम गरेका थिए ।
पीडितपक्ष र स्थानीय प्रशासन बिच मृतकलाई सहिद घोषणा गर्नेबाहेक घाईते सबै १८ जनालाई थप उपचारका लागि आजै एम्बुलेन्सबाट काठमाण्डौ पठाउने सहमति भएपछी चक्काजाम खुलाइएको थियो ।
बैठकमा सहभागी एसपी गणेश रेग्मीका अनुसार स्यालको आक्रमणबाट शिक्षक बसन्त यादवको मृत्यु हुनुका साथै अर्का घाईते रामफलको अवस्था नाजुक भएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।
मानविय संवेदनालाई दृस्टीगत गर्दै घाईतेसबै १८ जनालाई सरकारी खर्चमा काठमाडौ पठाई उपचारको ब्यवस्था मिलाईएको रेग्मीले बताए । असोजको दोस्रो साता स्यालको आक्रमणबाट गरुडा नगरपालिका र अन्य केही ठाँउमा गरी २५ जना घाईते भएका थिए ।
घरमा चर्पीको अभावमा सौच गर्न खेतमा अथवा बाहिर गएको बेला उक्त घटना भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस