उदयपुर-नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री प्रदेश १ का इन्चार्ज राम कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थामाथि खतरा रहेको औंल्याए ।
संगठन विस्तार तथा सुदृढीकरण र प्रशिक्षणका क्रममा उदयपुरको बेलका नगरपालिकास्थित रामपुरमा आयोजित कार्यक्रमलाई प्रशिक्षण दिँदै कार्कीले यस्तो खतरा औंल्याएका हुन् ।
कम्युनिस्टहरूले स्थापनाकालदेखि जसका लागि लड्दै आए, माओवादीको १० वर्षे जनयुद्धले आधारभूमि तयार गरेपछिको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी समानुपातिक व्यवस्थालाई एमाले अध्यक्ष रहेका ओलीबाटै गम्भीर खतरा रहेको उनले बताए ।
ओलीसँगै पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबाट परिवर्तनका उपलब्धिमाथि धावा बोल्ने काम भइरहेको भन्दै उनले यसको रक्षाका लागि अब सबै परिवर्तनकामी शक्तिहरूलाई माओवादीले संगठित गरेर अघि बढ्न जोड दिए ।
परिवर्तनका मुद्दा माओवादीले स्थापित गरे पनि संस्थागत हुन बाँकी रहेकै बेला ओली, ज्ञानेन्द्र र कमल थापाबाट लगातार आक्रमण भइरहेको भन्दै कार्कीले यसको रक्षा गर्ने मुख्य दायित्व माओवादीकै भएको बताए ।
‘माओवादीले १० वर्षे जनयुद्धबाट धेरै परिवर्तन ल्याएको छ । त्यसमध्ये मुख्य संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था हुन्’, कार्कीले भने ‘अहिले यी उपलब्धिमाथि ओली, ज्ञानेन्द्र र कमलहरूबाट गम्भीर धावा बोल्ने काम भइरहेको छ । त्यसको रक्षा गर्न तपाईं हामी सबै लागी पर्नुपर्छ, परिवर्तनगामी अन्य शक्तिहरूले पनि साथ दिनुपर्छ ।’
एमालेसँग एकीकरणले गर्दा पनि परिवर्तन खतरामा परेको उनको भनाइ छ । एकीकरणका कारण बलिदानपछि आएको परिवर्तनको संस्थागत गर्ने जिम्मा ओलीको हातमा पुगेपछि अहिले खतरा आउनु स्वाभाविक भएको उनको दाबी छ ।
प्रचण्डको छिटो विश्वास गर्ने लचिलो स्वभावले गर्दा उनीमाथि आफ्नै पार्टीका साथीहरूले धोका दिँदै आएको पनि उनले बताए । ‘पहिले ठूलठूला भाग खोज्छन्, नपाएपछि पार्टी छाडेर जान्छन् । उता पनि केही नपाएपछि फर्केर रोइकराई गर्छन्,’ एमाले छिरेका बादल, भट्ट, रायमाझी र साह प्रति इंगित गर्दै उनले भने, ‘हो त भनेर ठाउँ दिन्छन् । केही समयपछि मादल बनाउन थालेपछि बल्ल थाहा पाउँछन् ।’
पार्टीभित्र पुँजीवादी विचलन बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कार्कीले संसदीय व्यवस्था भएकाले कतिपय कुरा ढाँटेर पनि गर्नु पर्ने बाध्यता आइपरेको सुनाए । प्रशिक्षणको क्रममा फरक प्रशंगमा नेता कार्कीले कम्युनिस्टहरू नदेखिने कुरामा आस्था गर्ने नभएर व्यवहारिक कुरामा विश्वास गर्ने आचरणको हुनु पर्ने बताए ।
एमाले यथास्थितिबादी पार्टी भएको भन्दै उनले पार्टी फुटे पनि सूर्य चिन्ह छाड्न नसकेर धेरै नेता कार्यकर्ता त्यही बसेको बताए । ‘सूर्य चिन्ह छाड्न सक्दिन भन्नु र जनाई छाड्न सक्दिन भन्नु उस्तै हो, अनि कसरी एमाले परिवर्तनकारी हुनसक्छ ?,’ उनले भने । जनता परिवर्तनको पक्षधर भएकैले जंगल छाडेर आएलगत्तै चुनाव जिताएको उनले बताए ।
माओवादीले अघि सारेको संघीयता, गणतन्त्र र समावेशिताको नारालाई संस्थागत गर्नेतर्फ ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिँदै उनले गणतन्त्र भाषण र कुरा गराइमा मात्र सीमित नभएर व्यवहारमा लागू गर्न कार्यकर्तालाई निर्देशन दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस