काठमाडौं- सामलिङ्ग पावर कम्पनीको आईपीओ मंगलबार बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आज बिहान ८ः३० बजे सेयर बाँडफाँट भएको हो ।
कम्पनीको ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले गोलाप्रथामार्फत सेयर बाँडफाँट भएको छ । आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।
आईपीओको नतिजा हेर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ । साथै, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र निष्काशनकर्ता कम्पनी सामलिङ्ग पावरको वेबसाइटबाट पनि हेर्न सकिनेछ ।
कम्पनीले ४ कात्तिकदेखि सात करोड ३० लाख रुपैयाँ बराबरको सात लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको थियो । त्यसमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस