काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै विवाद चर्किंदै गएको बेला एक अर्को सहमतिको खुलासा भएको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि दुई अध्यक्ष बनाउने सहमति भएको खुलासा गरेका छन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ।
समाचार अनुसार उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनसम्बन्धी गठन भएको कार्यदलको संयोजकबाट आइतबार दिएको लिखित राजीनामा पत्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अर्काे अध्यक्ष बनाउने सहमति भएको खुलाएका हुन् ।
१० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएको र उल्टै सहमतिको औचित्य सकिसकेको बताएपछि उपाध्यक्ष रावलले उच्चस्तरीय कार्यदलबाट राजीनामा दिँदै यस्तो खुलासा गरेका हुन् ।
तर २७ असारमा भएको १० बुँदे सहमतिका बुँदामा दुई अध्यक्ष बनाउने विषयमा केही उल्लेख छैन । १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेपछि तेस्रो धारका नेताहरू नेपालको साथ छोडेर एमालेमै बसेका थिए ।
सो सहमति कार्यान्वयन गर्ने स्थायी कमिटी र केन्द्रीय कमिटीले निर्णय गरेर अन्तर पार्टी निर्देशन (अपानि) १२ जारी हुँदासमेत अध्यक्ष ओलीले १० बुँदे औचित्यहीन भएको बोल्ने गरेकाले आफूले राजीनामा दिएको रावलले जनाएका छन् ।
रावलले बुझाएको राजीनामा पत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘१० बुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीमा दुई जना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो ।
यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुुनुका साथै ६ साउनमा अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस