सोल-दक्षिण कोरियाले कोभिडको कारण दर्शाउदै रेस्टुरेन्ट, होटल क्याफेलगायत बढी जमघट हुने स्थानमा लगाउँदै आएको प्रतिबन्ध खुकुलो बनाएको छ । कोभिडसँगै जनजीवन सामान्य बनाउने नीतिअन्तर्गत सोमबारदेखि लागू हुने गरी ती क्षेत्र खुकुलो बनाइएको हो ।
खोप लगाएको प्रमाणका आधारमा बढी भिडभाड हुने स्थान जिम हल, साउना र बारहरुमा सर्वसाधरणलाई अनुमति दिइने भएको छ ।
सरकारले फेब्रुअरीको अन्त्यसम्ममा सबै प्रतिबन्ध हटाउने योजना गरेको छ । दक्षिण कोरियामा अहिले पनि कोभिड संक्रमण बढ्दो छ । तर, साबधानी र सुरक्षा मापदन्ड कार्यान्वयन भएको कडाइका कारण संक्रमणबाट मृत्यु हुने दर भने अन्य देशहरुको तुलनामा न्यून छ ।
करिव ५ करोड २० लाख जनसंख्या भएको दक्षिण कोरियामा अहिलेसम्म ७० प्रतिशतले पूर्ण खोप लगाएका छन् । त्यस्तै, ७९ प्रतिशतभन्दा बढीले कम्तिमा पहिलो डोज लगाएका छन् ।
दक्षिण कोरियामा जुलाईदेखि कोरोनाको चौथो कहर सुरु भएको थियो । पुनः संक्रमण फैलिएपछि भिडभाडमा रोक लगाउनुका साथै सामाजिक दूरीलगायत रोग नियन्त्रणका उपायलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिएको थियो ।
घरबाहिर हुने खेलकुदका कार्यक्रममा ५० प्रतिशतसम्म दर्शकलाई मैदानमा खेल हेर्न अनुमति दिइएको छ । त्यस्तै, सामाजिक दूरी कायम गर्दै कुनै पनि कन्सर्टमा १०० जनासम्म सहभागी हुन पाउनेछन् । नयाँ मापदण्डअनुसार खोप लागेका व्यक्तिले मात्र नाट्यशाला र चलचित्र हलभित्र पपकर्न र सोडा खान पाउनेछन् ।
संक्रमणका दृष्टिले बढी जोखिमयुक्त बार, नाइट क्लब, जीम हल र साउनामा जानुअघि खोप लगाएको प्रमाण देखाउनु पर्नेछ । खोप नलगाएका व्यक्तिको हकमा पछिल्लो २४ घन्टामा कोभिड परीक्षण गरेको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस