काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिर्गमनको बाटो रोज्न चार पूर्वप्रधानन्यायाधीशहरूले आग्रह गरेका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानन्यायाधीश जबरालाई बहिर्गमनको बाटो रोज्न आग्रह गरेका हुन् ।
संविधान बमोजिम अदालतहरू र न्यायिक निकायहरूको न्याय प्रशासन कार्य प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको रहनेमा दुई मत नहुने उनीहरूको ठहर छ ।
वर्तमान प्रधानन्यायाधीशको विभिन्न भूमिकालाई लिएर अनेकौं चर्चा परिचर्चा, गुनासो र निन्दा सार्वजनिक भएको बारे आफूहरूको ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् ।
विज्ञप्तिमा अहिलेको समस्या प्रधानन्यायाधीश जबरा स्वयंले सिर्जना गरेको भन्दै त्यसको जबाफदेही ग्रहण गर्नु आग्रह गरिएको छ
जनविश्वासलाई नै आफ्नो वैधताको स्रोत मान्ने न्यायपालिकाप्रति आमजनताको विश्वास टुटे देशको संवैधानिक पद्धति र लोकतन्त्र घातक हुन जाने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस