विराटनगर-प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन प्रदेशसभामा पेस गरेको प्रस्तावमाथि आइतबार मतदान हुँदै छ ।
प्रदेश १ प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकमा मुख्यमन्त्री आचार्यले प्रस्ताव पेस गरेका थिए । आइतबार दिउँसो साढे १२ बजे बस्ने बैठकमा उक्त प्रस्तावलाई मत विभाजनमा लैजाने सार्वजनिक कार्यसूचीमा उल्लेख गरिएको छ ।
सरकारमा रहेको दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । संसद सचिवालयमा भने गत २५ असोजमा मुख्यमन्त्री आचार्यले सूचना दर्ता गराएका थिए ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । जसमा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेका छैन्न ।
केन्द्रीय सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारको चाबी बुझाउने निर्णय गरिसकेको छ । नेकपा एसले मुख्यमन्त्रीमा राजेन्द्र राईलाई अगाडि सारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस