सोल – दक्षिण कोरियाको कृषि क्षेत्रमा बिदेशी कामदारको चरम अभाव देखिएको छ।
गत बर्ष देखि शुरु भएको कोरोना भाइरसका कारण यहाँ आउने बिदेशी कामदारको आपूर्ती नभएपछि कृषि क्षेत्रलाई आवश्यक दक्ष अदक्ष बिदेशी कामदारको अभाव देखिएको हो।
यस बिषयमा योन्ह्यप समाचार समितिले लामो फिचर प्रकाशित गरेको छ।
फिचर अनुसार कोरोना शुरु हुनु अघि त्यहाँका किसान खुशी थिए र कृषि व्यवसायका एकदमै उज्यालो देखिन्थ्यो । तर आहिले व्यवसायीहरु आफ्नो ब्यबसाय निरन्तरता दिनेमा दोधार बन्दै गएका छन्।
फिचार्मा एक कृषि व्यवसायी भन्छन “हामीले प्रत्येक महिना कम्तीमा ९ हजार किलो तरकारी बेचे मात्र केहि पैसा बचाउन सक्छौ । गत महिना हामीले ४ हजार ८ सय केजी मात्रै बेच्न सकेका थियौं।”
कोरोना महामारीले बिदेशी कामदारहरुको अभाव हुने बितिकै माग र ज्याला बढेकोले पनि कृषि व्यावसायी मार्कामा परेका हुन् । ती ब्याबसायी भन्छन -‘एक पटक नौ जना कामदार थिए । तर चार जना बढी तलब पाउने कम्पनीतिर गएपछि आहिले पाच कामदार मात्रै रहेका छन् ।’
दक्षिण कोरियाले तीन प्रकारका बिदेशी कामदार ल्याउने नियमहरु छन् । जस अन्तर्गत १६ एसियाली देशका कामदारहरूलाई ई-८,ई-९ र सी-४ भिसा अन्तर्गत माछा मार्ने, खेती गर्ने र उत्पादन गर्ने जस्ता कम सीप भएका म्यानुअल कामका क्षेत्रमा काम गर्न अनुमति दिइन्छ ।
यो नियमले किसानहरूलाई सस्तो मूल्यमा श्रम उपलब्ध गराउने उद्देश्य राखेको छ ।
२०१९ मा नेपाल, पाकिस्तान, चीन र कम्बोडिया सहित एशियाली देशहरुबाट करीव ९ हजार कामदारहरुलाई सो कार्यक्रमको माध्यमबाट रोजगारीमा राखिएको थियो । तर, महामारीविरुद्धको सीमा नियन्त्रण बलियो भएकाले यो वर्षको जनवरीदेखि अगस्टसम्म संख्या ८२ प्रतिशतले घटेर १ हजार ५९० पुगेको छ ।
आप्रवासी कामदारहरूको यो निरन्तर अभावले कृषि श्रमको आपूर्ति-माग असंतुलन सिर्जना गरिरहेको छ, जसले कामदारको लागतमा वृद्धि भएको छ ।
बिदेशी श्रमिक अभावले कृषि उत्पादनको समग्र उत्पादनलाई कमजोर पारेको छ। यसले खाद्यान्नको मूल्यमा वृद्धि गरेको छ र अर्थतन्त्रमा मुद्रास्फीतिको दबाब थपेको सो फिचरमा उल्लेख गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस