काठमाडाैं-बेमौसमी अविरल वर्षाले निम्त्याएको बाढी र पहिरोले कम्तीमा सात अर्ब २२ करोड रुपैयाँबराबरको धानबालीमा नोक्सान पुगेको प्रारम्भिक तथ्यांक आएको छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ।
समाचारमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार वर्षाबाट बढी क्षति पुगेका तीनवटा प्रदेशमा मात्रै सो परिमाणको धानबाली नष्ट भएको जनाइएको छ।
मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति पुगेको छ । ‘लुम्बिनीका सबै जिल्लामा वर्षाले धानबालीमा असर गरेको देखियो ।
त्यहाँ लगाइएको धानबालीमध्ये एक लाख ३० हजार हेक्टरमा क्षति पुगेको र त्यसबाट चार अर्ब ५१ करोड रुपैयाँबराबरको नोक्सानी भएको प्रारम्भिक तथ्यांक छ,’ उनले भने ।
लुम्बिनीका ११ जिल्लामा यो वर्ष तीन लाख १७ हजार चार सय १४ हेक्टरमा रोपाइँ भएको थियो । त्यसमध्ये ३६ हजार चार सय ८० हेक्टरमा किसानले धानलाई काटेर खेतमा सुकाएका थिए । सो धान पानी जमेर तथा बाढी र पहिरोले बगाएर नष्ट भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस