इस्लामावाद- पाकिस्तानले अफगानिस्तानलाई दुई करोड ८० लाख डलर बराबरको मानवीय सहायता प्रदान गर्ने भएको छ । पाकिस्तानी विदेशमन्त्री साह महमुद खुर्सीको एक दिवसीय काबुल भ्रमणका क्रममा अफगानिस्तानलाई सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । सो अवसरमा विदेशमन्त्री कुर्शीले पाकिस्तानले अफगानिस्तानसँग सिमामा लगाएको यात्रा तथा व्यापार प्रतिबन्ध फुकुवा गर्ने बताए ।
तालिवानले गत १५ अगस्टमा काबुल कब्जा गरेपछि पाकिस्तानी मन्त्रीले अफगानिस्तानको भ्रमण गरेका हुन् । राजधानी इस्लामबादमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री कुर्शीले प्रधानमन्त्री मोहम्मद हसन अखुन्दसहित अफगानिस्तानको अन्तरिम सरकारसँगको प्रतिनिधिमन्डलस्तरीय वार्ता सकरात्मक भएको बताए ।
‘अफगानिस्तानले सामना गरेको जटिल परिस्थितिमा पाकिस्तान अफगानीको साथमा छ,’ खुर्सीले भने, ‘यसबारे हामीले कहिल्यै पनि शंका गरेका छैनौं ।’
तालिवानको काबुल कब्जापछि पाकिस्तानले सीमा आवतजावतमा प्रतिबन्ध लगाउँदै आएको थियो, जसका कारण दुई देशबीचको तनाब चुलिएको थियो । काबुल भ्रमणपछि पाकिस्तानको नीतिमा महत्वपूर्ण परिवर्तन आएको खुर्सीले घोषणा गरे ।
त्यस्तै, पाकिस्तानले अफगानिस्तानका नागरिकहरुमाथि लगाउँदै आएको भिसा शुल्क ३१ डिसेम्बरसम्मका लागि हटाएको छ । पाकिस्तानमा मेडिकल उपचार खोजी रहेका अफगान यात्रुहरुलाई भिसा प्रदान गर्ने पनि पाकिस्तान सरकारले जनाएको छ ।
मध्यअगस्टमा अफगान सत्तापलटपछि तालिवानको अन्तरिम सरकारले आर्थिक संकट सामना गरिरहेको छ । अफगानिस्तानको केन्द्रीय बैंकहरुको अर्बौं रकम अमेरिकाले रोक्का गरिदिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस