तनहुँ-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीले गत निर्वाचनमा ल्याएको दुई तिहाइ मतलाई रामछायाँको संज्ञा दिएका छन् । कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलता असत्य सावित भएको उनको भनाइ छ ।
‘कम्युनिष्ट पार्टीले देशमा त्यत्रो ठूलो सफलता हासिल गरेको थियो । तर, त्यो सत्य रहनेछ, असत्य रहेछ, टिकाउ रहनेछ । केवल मान्छे झुक्काउने नाटक रहेछ भन्ने सिद्ध भएको छ ।
त्यत्रो ठूलो बहुमत ल्याएको कम्युनिष्ट पार्टी आफैँमा चकनाचुर भएको छ । कम्युनिष्ट पार्टी टुक्राटुक्रा भएको छ,’ कांग्रेस भिमाद नगर कमिटीले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले भने ।
सिंगो कम्युनिष्ट आन्दोलनमा विकराल स्थिति सिर्जना भएको पौडेलले दाबी गरे ।
कम्युनिष्ट आन्दोलन दिशाहीन भएको बताउँदै उनले भने, ‘नेपालका कम्युनिष्टहरूको कुनै गन्तव्य छैन्, कहाँ जाने हो ठेगान भएन । तत्काल के गर्ने हो उदेश्य केही अत्तोपत्तो छैन् । सत्ता उपयोग गरे, शासनमा पुगे जनता झुक्काए । केही समय सत्ताको झिलीमिली देखाए । तर त्यो रामछायाँ भयो ।’ कम्युनिष्ट पार्टीहरु अस्तित्वविहीन हुँदै गइरहेको उनको जिकिर छ ।
उनले अधिनायकवादी शक्तिको प्रतीक कम्युनिष्ट पार्टी भएको बताए । अधिनायकवादी शक्ति कम्युनिष्ट छिन्नभिन्न र टुटफुट हुँदैमा मख्ख हुने बेला नआएको भन्दै कांग्रेसका नेता कार्यकर्तालाई सावधान बन्न सुझाव दिए ।
आउने निर्वाचनमा कांग्रेसले सर्वत्र विजयी प्राप्त गर्ने हैसियत बनाउनुपर्नेमा नेता पौडेलको जोड थियाे । गत निर्वाचनमा तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले पराजय व्यहोर्नु परेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस