धनकुटा- धनकुटाको चौविसै गाउँपालिका–१ गढिरेमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । लगातार वर्षासँगै आएको पहिरोले घर पुरिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा परेर तीनजना गम्भीर र तीनजना सामान्य घाइते भएका छन् ।
मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका ९ वर्षीय नाति विनोद श्रेष्ठ, ५ वर्षीया नातिनी निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दीपककुमार रायाले जानकारी दिएका छन् ।
घाइतेमध्ये भेषबहादुर श्रेष्ठ, लिला श्रेष्ठ र गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डीएसपी रायाले बताएका छन् । गम्भीर घाइतेसहित उषा श्रेष्ठ, सञ्जाल श्रेष्ठ र चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्दार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको डीएसपी रायाले बताएका छन् । घटनास्थल ६ नं. बुधवारे बजारमा रहेको प्रहरी चौकीदेखि ४ किलोमिटर दक्षिणमा रहेको छ ।
यसैबीच, वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा मंगलबारदेखि नै सडक अवरुद्ध रहेको छ ।
अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताएका छन् । सडक बगाएको आसपासको क्षेत्रमा दर्जनौ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइर्भसनको कार्य शुरु हुने प्रजिअ पन्थले बताएका छन् ।
जिल्लाका सहायक राजमार्गहरु भेडेटार राजारानी नम्बर बुधवारे राँकै रवि सडक, तमोर करिडोर, हिले लेगुवा भोजपुर सडक पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस