धनगढी-भारतले शारदा कैलाशपुरी बाँधको ढोका बन्द गर्दा कैलालीको टिकापुरस्थित दक्षिणी क्षेत्र डुबानमा परेको छ ।
कणाली नदीमा भएको पानी भारतको कैलालशपुरी बाँध हुँदै बग्छ । तर, भारतीय पक्षले सो बाँधको ढोका बन्द गरेपछि पानी थुनिएर थप डुबान भएको हो ।
टिकापुर नगरपालिका–वडा नम्बर–८ का वडा अध्यक्ष दिर्घबहादुर ठकुल्लाका अनुसार कणाली थुनिएपछि मोहना नदीतर्फ पर्कन थालेको छ भने हुलाली राजमार्ग समेत डुबानमा परेको छ ।
टिकापुर नगरपालिका–५ स्थित शाहीपुरमा कर्णालीले करिब २ सय २० मिटर जति तटबन्ध फुटाउँदै सोही स्थानमा बनेको हुलाकी राजमार्गसमेत बगाएर मंगलबारदेखि नै टिकापुरको पूर्वि क्षेत्र डुबानमा परेको उनले बताए ।
‘भारतले कैलाशपुरीमा ढोका बन्द गर्दा पानी थुनिएको छ,’ वडा अध्यक्ष ठकुल्लाले भने, ‘पानी थुनिदा डुबान कम भएको छैन, नागरिकको विचल्ली भएको छ ।’ कर्णालीको पानी गाउँमा पस्दा करिव २ सय परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले कैलाशपुरी बाँधमा ढोका थुनेको जानकारी नभएपछि कर्णालीमा पानी थुनिएको बताए । ‘अहिले कर्णालीमा पानी थुनिएर मोहना नदीतर्फ बढिरहेको छ,’ उनले भने ।
यसैगरी, रानीजमरा कुलरिया सिंचाइ आयोजनाको साईड ड्याम फुटेर बस्तीमा छिरेको पानीका कारण टिकापुर बजारसमेत डुबानमा परेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश साप्कोटाका अनुसार मंगलबार नहरबाट जानकी नगरपालिका क्षेत्रमा पसेको पानी बग्दै टिकापुर बजार क्षत्रमा पुगेपछि अहिले टिकापुर बजार क्षेत्र डुवानमा परेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस