वि.सं.२०७८ साल असोज २९ गते । शुक्रबार । ईश्वी सन् २०२१ अक्टोबर १५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि– दशमी,बेलुकी ०८ बजेर २४ मिनेट उप्रान्त एकादशी । नक्षत्र–श्रवण, दिउसो १२ बजेर ४४ मिनेट उप्रान्त धनिष्ठा । योग– धृति, बिहान ०६ बजेर ०८ मिनेट उप्रान्त शूल । करण–तैतिल,बिहान ०९ बजेर ०६ मिनेट उप्रान्त गर, बेलुकी ०८ बजेर २४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मकर, रातको १२ बजेर २४ मिनेट उप्रान्त मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३३ मिनेट । दिनमान २८ घडी ४३ पला । देवीविसर्जन, विजयादशमी(दशैंटीका),खड्गयात्रा,चाँल,शमिदर्शन,वौद्धावतार ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुनाले मन खुसि रहनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा बृद्धि गर्न सकिनेछ । बित्तिय तथा चेतनामुलक कामहरुबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
उच्च तथा बिशिष्ट व्याक्तित्वसँग मित्रता बढ्नेछ भने आशिर्वाद प्राप्त हुनेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईनाले पद प्राप्तीको योग रहेकोछ । अध्ययनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा रुचि बढ्नेछ । सानो लगानिबाट सुरु गरिएको लगानि फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । धर्म सस्कृति तथा रितिरिवाज जर्गेना गर्ने काममा तपाईँको सहभागिता हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नसोचेको धन तथा सम्पति हात लागि हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदिबहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समय दिखि गरि आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागि पद प्राप्तीको योग रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक सम्पति तथा विलाशी बस्तुको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
प्रियजन भेट हुनुको साथै आधित्यपूर्ण सम्मान पाईनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि देश विदेशको यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरिमा पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । खर्च बढेपनि उपलब्धी मुलक कामहरु हुनेछन् ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
सन्तान तथा परिवारका सदस्यबाट सहयोग पाईनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा ध्यान जादा बौद्धिक क्षेत्र फराकिलो हुनेछ । प्रयन्न गरेका कामहरु सजिलै सम्पादन हुनेछन् । महंगो उपाहार तथा भौतिक सम्पति प्राप्त हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार तथा रोजगारबाट राम्रो उपलब्धि हासिल हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाईहरु जनमानसमा लैजान सकिनेछ । अग्रत तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ । छोटो तथा रमाईलो यात्राको तय हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आट,शाहस तथा पराक्रममा बृद्धि भएर जाने तथा पुरुषार्थिक काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । खोजीमुलक काममा रुचि बढ्नेछ भने अध्ययनमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ । अध्ययनमा मन जाने हुनाले पुरस्कार तथा प्रशंसा पत्र पाईने योग रहेकोछ । आफन्त तथा घरपरिवारका मानिसहरुसँग मिलेर अगाडी बढ्न सकिने हुनाले सबैले जिम्मेवारी बहन गर्नेछन् । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायि रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आफन्त तथा साथिभाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । धोका दिने तथा आषा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला औषधि उपचार खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
सुचना प्रविधीको प्रयोग गरि नयाँ काम गर्न सकिने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाइ लेखाइका अलाव खेलकुद तथा अन्य क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाको डोरो कसिलो भएर जानेछ । अग्रत तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरि आशिर्वाद लिन सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस