काठमाडौँ- अभद्र व्यवहारको कसूरमा पक्राउ परेर हिरासतमा रहेका सुनसरी भोक्राहाका मोहम्मद हकिम साहको मृत्यु भएपछि सुनसरी तनावग्रस्त बनेको छ ।
उनका आफन्त साहको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका मृतकका आफन्त र प्रहरीबीच झडप भएको हो ।
प्रहरीसहित करिब एक दर्जन व्यक्ति झडपका क्रममा सामान्य घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको थियो । हिरासतमा रहेका बेला चरम यातना दिइएका कारण साहको मृत्यु भएको आफन्तको आरोप छ ।
प्रहरीका अनुसार भने साहले आत्महत्या गरेको बताएको छ । साहले आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले बताएका छन् ।
एसपी सिंहका अनुसार सिसीटिभी फुटेजमा समेत साहले आत्महत्या गरेको देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस