लन्डन-गैरकानूनी आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा विश्वका वर्तमान तथा पूर्व नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर लगानी गरेको खुलासा भएको छ ।
अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीका फाइल अनुसन्धानका क्रममा यस्तो तथ्य फेला पारेको हो ।
प्यान्डोरा पेपर्स नाम दिइएका ती दस्तावेजमा विश्वका ३५ नेता र तीन सय भन्दा बढी व्यक्तिको नाम सार्वजनिक गरिएको छ ।
अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा रसियाली राष्ट्रपति भ्लादमिर पुटिनदेखि जोडर्नका राजासम्म छन् । जोर्डनका राजाले ७ करोड युरो गोप्य रुपमा जम्मा गरेको दस्तावेजले देखाएको छ ।
त्यस्तै, वेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र उनकी पत्नीले लन्डनको एउटा कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको दस्तावेजमा उल्लेख छ । उनीहरूले सो भवन खरिद गर्न एउटा अफशोर कम्पनी नै किनेका थिए ।
रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले मोनाक्कोमा गोप्य सम्पत्ति राखेकोदेखि यसै साता हुने निर्वाचनमा उम्मेदवारी दिन लागेका चेक गणतन्त्रका प्रधानमन्त्री एन्ड्रिज बाबिजलले दक्षिणी फ्रान्समा १ करोड २० लाख युरो पर्ने दुई ओटा भिल्ला खरिद गर्न अफशोर कम्पनी प्रयोग गरेको तथ्य दस्तावेजहरूले खुलासा गरेको छ ।
आईसीआईजे ६ सय ५० पत्रकारसँग मिलेर पछिल्लो विवरण बाहिर ल्याएको हो । सात वर्षमा भएको यो अफशोर करोबारसम्बन्धी पछिल्लो खुलासा हो ।
सात वर्षअघि फिनसेन फाइल्स, प्याराडाइज पेपर्स, पानामा पेपर्स र लुक्सलिक्सले विश्वका नेता र व्यापारीलेले गोप्य ढंगले लुकाएको सम्पत्ति चुहावट गरेको थियो ।
कागज चुहावट भएकामध्ये केही व्यक्तिमाथि भष्टाचार, मनी लउन्डरिङ र कर नतिरको आरोप सामना गर्दै आएका छन् ।
गोप्य ढंगले सम्पत्ति किन्न शक्तिशाली र धनाढ्य मानिसहरुले कसरी कानुनी रुपमा कम्पनीहरु स्थापना गर्छन भन्ने ठूलो रहस्य पनि दस्तावेजले खुलासा गरेको छ ।
दस्तावेजले करिव ९५ हजार अफसोर कम्पनीका मालिकहरुको नाम पनि खुलासा गरेको छ ।
बीबीसी पानारोमाले गार्जियन र अन्य संचारमाध्यमसँग मिलेर १४ वित्तिय सेवा कम्पनीका करिब १ करोड २० लाख कागजपत्र र दस्तावेजमा पहँुच पाएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस