काठमाडौँ- आज आइतबार बिहान ९ बजेदेखि १ बजेसम्म नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतदान हुने भएको छ ।
काठमाडौं कांग्रेस जिल्ला सभापति सबुज बानियाँले यसअघि शनिबार महानगर पदाधिकारीमा सहमति हुन नसकेपछि निर्वाचन आजका लागि सारिएको जानकारी दिएका छन् । महानगरमा पदाधिकारीबाहेकका पदमा सहमति भएको जनाइएको छ ।
अधिवेशनको शनिबार कांग्रेस नेता प्रकाशमान सिंहले उद्घाटन गरेका थिए । देशकै राजधानी रहेका कारण महानगरको अधिवेशनलाई कांग्रेस नेता कार्यकर्ताले चासोका साथ हेरेका छन् ।काठमाडौँ महानगरमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह– गगन थापा पक्षबीच प्रतिस्पर्धा हुने भएको छ ।
पार्टी सभापति देउवा पक्षबाट प्रगतिमान रञ्जित र सिंह पक्षबाट निलकाजी शाक्यबीच महानगरको सभापतिमा प्रतिस्पर्धा हुने भएको हो । विगतदेखि काठमाडौँमा तुलनात्मक रुपमा सिंहपक्ष बलियो रहँदै आएको छ । केन्द्रीय सदस्य तथा कृष्णप्रसाद सिटौला पक्षका नेता भीमसेनदास प्रधानको साथ लिएर देउवा पक्षले रञ्जितलाई उठाएको छ ।
३२ वडा मध्ये अधिकांश वडा सभा सभापतिको समर्थन शाक्यलाई रहेको दाबी गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस