काठमाडौँ- आजदेखि नेकपा एमालेको विधान महाधिवेशन शुरु हुँदै छ । ललितपुरको गोदावरीमा शुरु हुने महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह १२ बजे उद्घाटन गर्ने छन् । एमालेले महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको जनाएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि शुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव बिष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन् ।
विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ । केन्द्रलाई एमालेले महाधिवेशन स्थलका रुपमा रोजेको छ । ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत बैशाखमा उद्घाटन गरेका थिए ।
३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन् । जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन् । बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ ।
सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ । जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताएका छन् ।
केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्नसक्ने व्यवस्था एमालेले गरेको छ । त्यहाँबाट दैनिक पत्रकार सम्मेलनको व्यवस्था गरिएको छ । महाधिवेशन सफल बनाउन भन्दै २ सय स्वयमसेवक खटाइने भण्डारीले बताएका छन् । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस