सहसचिब जस्तो पढे लेखेको , ठूलो पदमा पुगेको र उमेरले पनि ४५ बर्ष पुगेको परिपक्क ब्यक्तिले आफ्नै १८ बर्षकी छोरीलाई पटक पटक बलत्कार गरे भन्दा धेरै जना जिब्रो टोक्न बाध्य भएका छन । धेरैको मुखबाट सुनियो ‘कलियुग लागेछ । कलियुगमा बाबुले छोरी पनि भन्दैन भन्थे हो रहेछ ।’
मान्छेले किन गर्छ जबरजस्ती करणी त्यो पनि छोरी , दिदी बहिनी , भतिजी , भाउजू , भान्जि आदि जस्तो पबित्र सम्बन्ध भएकाहरुसगँ ? यसका पछाडि केहि मनोबैज्ञानिक कारणहरु छन् | जसलाई निम्न अनुसार ब्याख्या गरिएको छ |
१) असामाजिक ब्यक्तित्ब :
जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्बसगँ सम्बन्धित मानसिक रोग लागेका ब्यक्तिहरुले आफ्नो घरपरिबार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठूलो बदला लिन खोज्ने, हत्या बलत्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले बर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।
२) यौनको लत : यौनको लत लागेका ब्यक्तिहरु यौन प्रती अति नै आशक्त हुन्छन । कति गर्दा पनि उनिहरुमा यौनको प्यास मेटिदैन । यस्तो यौन समस्या भएका ब्यक्तिहरुले यौनको तिर्खा मेटन आफन्त पनि नभन्न सक्छन ।
३) अप्राकृतिक यौन व्यवहार : जसले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउछ , यस्ता ब्यक्तिले अरुको भावना बुझ्न सक्दैनन र स्बभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता ब्यक्तिले बलत्कार गर्ने पनि सम्भाबना हुन्छ ।
४) नैतिक पतन : नैतिक रुपमा पतन भएका ब्यक्तिले पशु भन्दा तल्लो ब्यबहार गर्न सक्छन । यस्ता नैतिक रुपमा पतन भएका ब्यक्तिबाट आफन्त पनि बलत्कारको सिकार हुन सक्छन ।
५) यौन कुण्ठा : अबिबाहिक, श्रीमती यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको ब्यक्तिले पनि बलत्कार गर्न सक्छ ।
६) लागू प्रदार्थको सेबन : यसको सेबनगर्दा ब्यक्तिले बिबेक र चेतना गुमाउन सक्छ र बलत्कार गर्न पुग्छ ।
७) पोनो ग्राफी र साईबर सेक्सको लत : पोनो ग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क , दाजुले बहिनिसगँ शारिरिक सम्बन्ध , आदिजस्ता श्रीषकका अस्लित भिडियो धेरै भेटिन्छन । यस्ता कुरा धेरै हेर्न तथा यी कुराको लत भएको ब्यक्ती नैतिक रुपमा पतन भै हाडनाता करणी गर्न सक्छ ।
८) मानसिक रोग : मेनिया जस्तो कडा मानसिक रोग लागेको ब्यक्ति सधै उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार
पनि अब्यबहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिदैन । उसको शरिरमा शक्ति पनि बढेर आउँछ । यौनको आबेग पनि तिब्र् हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलत्कार पनि गर्न सक्छ ।
९) शरिरिक कारण : शरिरमा सेक्स हर्मन बढदा यौन चाहना बढन गई , आफुलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलत्कारका घटना हुन पुग्छ ।
१०) अति बिश्बास गर्नु : घर परिबारका सदश्य बिच चाहिने भन्दा बढि घनिष्टता , अति बिस्बास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।
११) मनोबैज्ञानिक असर : सानोमा यौन दुर्ब्यबहारमा परेको ब्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।
१२) यौन अनुशासन नहुनु : सानैबाट यौन अनुशासन नभएको , पतित , बिखण्डित , अनुशासन हिन , चरित्र हिन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ ।
यी र यस्ता अन्य धेरै यौन समस्या ( बिचलन) , मानसिक एवं मनोबैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छ ।
यस्ता ब्यक्तिलाई मानसिक रुपमा स्वथ्य ब्यक्ति मान्न सकिँदैन । किन कि मानसिक रुपमा स्बस्थ ब्यक्तिले समाजले स्बिकारेको मात्र काम गर्छ । काम गर्नु अगाडि परिणमको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आबेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको ब्यक्ति मानसिक स्बास्थ्यका हिसाबले रोगी मानिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस