काठमाडौँ- आज पुनः सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक बस्ने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिएका छन् । बैठक अपरान्ह बस्ने परियारको भनाइ छ ।
कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।
यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन । गठबन्धन दलले मन्त्रालयको भागबण्डा टुंगो लगाई मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, सहभागी थिए ।
यस्तै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस