वि.सं.२०७८ साल असोज ०६ गते । बुधबार । ईश्वी सन् २०२१ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । शरद् ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि– द्घितीया, अहोरात्र । नक्षत्र–रेवती, अहोरात्र । योग– वृद्धि, दिउसो ०३ बजेर १० मिनेट उप्रान्त ध्रुव । करण– तैतिल, बेलुकी ०५ बजेर ३४ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५८ मिनेट । दिनमान ३० घडी १६ पला । पञ्चक,द्वितीयाश्राद्ध ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको समय उत्तम रहेकोले विदेशमा उत्पादन भएका सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछ भने विदेशमा बसेर श्रम तथा अध्ययन गर्नेहरुका लागि समयले साथ दिनेछ । शेयर बजार, बैक,लघुबित्त तथा आर्थिक क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने अग्रज,आफन्तको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढे दिन फलदायी रहनेछ ।
कार्यक्षेत्रमा तपाईँको कामको उचित मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा हात लागि हुनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । ईच्छा तथा चाहनाहरु पुरा हुने समय रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरहरुलाई सदुयोग गरी मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुची बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ भने धार्मिक प्रवृती बढ्नेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धीत सामानको व्यापार बढ्नेछ । पढाई लेखाई वा खोजिमुलक कामकै लागी लामो दुरिको यात्रा हुनेछ । भाग्य तथा समयले प्रेमपात्र जुराउनेछ । राजनीति तथा समाजसेवामा समय लिनेहरुले जनताको साथ तथा समर्थन पाउने योग रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । अग्रज,आफन्त तथा दिदि बहिनीबाट काममा तथा आर्थिक सहयोग पाईनेछ । खोजमुलक क्षेत्रमा चासो बढ्ने तथा लामो समयदेखी गरी आएको काम सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । छोटो समयको लागी पद प्राप्तीको योग रहेकोछ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ । भौतिक तथा विलाशी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । व्यापारमा साझेदारहरु बीच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
प्रतिस्पर्धा भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले बिद्या तथा प्रतिस्पर्धामा नतिजा आफ्नो पक्षमा पार्न बढिनै मेहनेत गर्नु पर्नेछ । आफन्त तथा मामा पक्षसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । न्यायिक निर्णयहरु तर्पांको पक्षमा नहुन सक्छ । माया प्रेममा शंका गर्नाले सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पढाइ लेखाइमा प्रशस्त समय दिदा दिदै नतिजा कम आउनाले मन खिन्न हुनेछ । बौद्धिकताको बहसमा तपाईँको तर्क कमजोर ठहरिनेछ । आफन्त तथा सन्तान पक्षको आशिंक सहयोग प्राप्त हुनेछ । शेयर बजार तथा अन्त आर्थिक कारोबारको शुचाङक मन्द गतिमा बढ्नेछ । उपाहार प्राप्त भएपनि टरेर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
नयाँ प्रबिधिको प्रयोग मार्फत आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनार लगाउदै विजय भईनेछ । राम्रा काम गरी अरुको बिस्वास जित्न सकिनेछ भने पुरुषार्थि काम गरि नतिजा आफैतिर पार्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिवर्तन गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
दाजुभाई तथा छिमेकिसँग घरायसी कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लगानी गर्नको लागी केही समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् । आफन्त तथा निकट सम्बन्ध भएका मानिससँग छुट्टिनुपर्दा मन खिन्न रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बोलिको प्रभाव बढ्नुको साथै तपाईबाट महत्वपूर्ण तथा दुरगामी निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुशि हुनेछन् । पारिवारिक जमघटमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको विकास हुनेछ । कलाकृतिसँग सम्बन्धीत क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिलाशी बस्तु तथा भौतिक सम्पति प्राप्त भएपनि प्रयोग गर्दा ध्यान दिनुहोला । पढाइ लेखाइमा राम्रै प्रगति गर्न सकिनेछ । व्यापारी तथा व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नै र नया व्यावासायमा लगानि गर्ने अवसर सिर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुले जनताको आलोचनात्मक समर्थन पाउनेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस