काठमाडौँ- आजदेखि मनसुन केही कमजोर हुँदै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया सेप्टेम्बर २३ मा सकिनुपर्ने भए पनि यस वर्ष मनसुन केही दिन धकेलिने मौमसविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् ।
यद्यपि‚ अर्यालले आजदेखि कमजोर हुँदै जाने मनसुन दुई हप्तासम्म सकिने बताएका छन् । स्थानीय वायु र जलवाष्पयुक्त हावाको असरको कारण कम्तीमा पनि अबको एक साता देशका अधिकांश स्थानमा हल्का पानी पर्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
अर्यालका अनुसार मनसुन कमजोर हुने क्रममा रहे पनि मंगलबार देशभरको मौसम आंशिक बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यमम खालको पानी पर्नेछ। बिहान सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा पानी परिरहेको छ । अन्य स्थानको मौसम बदली भएको छ। दिउँसो देशैभर मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने मौसमविद् अर्यालले जानकारी दिए। दिउँसो काठमाडौं उपत्यकामा पनि पानी पर्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताएका छन् ।
स्थानीय वायु र जलवाष्पयुक्त हावाको प्रभावका कारण सोमबार काठमडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परेको थियो । सोमबार राति बर्दिया, सुर्खेत र बाग्लुङमा धेरै पानी परेको थियो । काठमाडौं उपत्यकामा पछिल्लो २१ घण्टामा २६ मिलीमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस