भक्तपुर- टोल टोलमा इन्द्रको मूर्ति स्वरुप यमःद्यो ठड्याएर शनिबारदेखि भक्तपुरमा इन्द्रजात्रा सुरु गरिएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिन यमःद्यो ठड्याएर इन्द्रजात्रा सुरु गरिन्छ ।
स्थानीय गुठियारहरुले टोल टोलमा यमःद्यो ठडयाएर, सलाँ गणेश, छुमा गणेश, इन्द्रायणी देवी, भैरवनाथको अर्को स्वरुप मसान भैरव जात्रा, याँमता (आकाश दीप) जात्रा, मुपात्र जात्रा र पुलुकीसी जात्रा गरी भक्तपुरमा इन्द्रजात्रा आठ दिनसम्म धुमधामका साथ मनाउँछन् ।
संस्कृतिकर्मी हरिशरण राजोपाध्यका अनुसार देवराज इन्द्रकी आमा बसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो। पारिजात फूल खोज्दै जाने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । त्यसपछि जयन्तलाई दुई हात पछाडी बाँधेर राखे । पछि जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच संग्राम भई देवताको जित भएको खुशीयालीमा इन्द्रजात्रा मनाउँदै आएको किवंन्दती छ ।
भक्तपुर नगरको इताछे., तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछें, सुजम्हरी, खौमा, इताछें लगायतका स्थानहरुमा शुक्रबार धार्मिक पूजाआज गरी विधिवत रुपमा यमोः द्यो ठड्याइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस