वि.सं.२०७८ साल भदौ १९ गते । शनिबार । ईश्वी सन् २०२१ सेप्टेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–द्वादशी, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– तिष्य, बेलुकी ०५ बजेर १८ मिनेट उप्रान्त अष्लेषा । योग– वरियान, बिहान १० बजेर ११ मिनेट उप्रान्त परिध । करण– तैतिल, बिहान ०६ बजेर २७ मिनेट उप्रान्त गर, बेलुकी ०६ बजेर ४६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १९ मिनेट । दिनमान ३१ घडी २९ पला ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
घरजग्गा तथा गाडि घोडाको व्यावसायबाट केहिमात्रमा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय फस्टायर जानेछ । मित्रहरुको लहै लहैमा लाग्नाले पढाइ लेखाइ कमजोर रहनेछ । साथिभाईहरुको गलत संगतले नकरात्मक सोचको विकास हुनेछ भने नियम बिपरित काम गर्न उक्साउनेहरु सक्रिय रहनेछन् । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुनाले मन बिचलित हुनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । अध्ययनमा मन जाने छैन भने नतिजा आफुतिर पार्न निकै नै मेहनेत गर्र्नुपर्नेछ । दाजुभाई तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेकोछ । प्रेममा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । व्यापारमा प्रसस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ । लेखन कला तथा साहित्यका कामहरु थाती रहनेछन् ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
समय मध्ययम रहेकोले कन्फिडेन्ट पावरमा कमी हुने तथा आत्तिने बानिले गतल निर्णय हुनेछन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुसँग साना साना कुरामा राय बाजिनेछ । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चनेहरुका लागी समय मध्ययम रहेकोछ । तरपनि गित संगित तथा साहित्य लेखनमा क्षेत्रमा उल्लेख्य प्रगती गर्न सकिनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
राजनीति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुशि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफन्त तथा घर परिवारका मानिससँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सहभागी भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धीत व्यापार व्यावसाय फस्टायर जानेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी आजको दिन फलदायी रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
दाजुभाई तथा आफन्तले तपाईँको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक सम्पती तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । दाम्पत्य सम्बन्धमा बिस्वासको वातावरण सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानी कमी नै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाडिने हुँदा मन खिन्न रहनेछ । सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारि ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय मध्ययम रहेकोले सरकारी तथा प्रशासनिक काममा ढिला शुस्तिको चपेटामा परिनेछ । सेवा प्रवाह गर्नेहरुले तपाईँको काम समयमा नगर्दिनाले उपलब्धी ढिला प्राप्त हुनेछ । पढाइ लेखाइमा नतिजा आफैतिर पार्नको लागी प्रशस्त समय खर्चिनु पर्नेछ । आफन्त तथा अग्रजसँग सन्तुलित व्यावहार गर्नुहोला । यात्रागर्दा ध्यान दिनुहोला यात्रामा बिभिन्न अवरोधको सामना गर्नुपर्ने हुन सक्छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आश्वासन तथा बचन दिनेहरुले झुक्याउन सक्छन् ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आउदा आउदै न्युन पारिश्रमिकमा समग लगानि गर्नुपर्ने हुन सक्छ । मनपरेको भौतिक बस्तु तथा बिलाशी बस्तुको प्रयोग गर्दा ख्याल गर्नुहोला । आफन्त तथा दिदि बहिनी बीच सम्बन्ध बिग्रनेछ । अध्ययनमा मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक व्यावस्थापन गर्न गाह्रो हुनेछ । साझेदारी व्यावसायमा लगानी नवढाउनु उचित हुनेछ किनकी साझेदारहरु बीच मनमुटाब सिर्जना हुनसक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगती गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने हुनाले खानपानमा ध्यान दिनुहोला ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय मध्ययम रहेकोले सानो कामलाई पनि पुनह गर्नु पर्दा मन खिन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुनै हावी हुनेछन् । ऋण लाग्ने तथा उठ्नु पर्ने रुपैया पैसा समय नउठ्नाले व्यापारमा लगानी गर्ने अवसर गुम्नेछ । आफन्त तथा मावली पक्षसँग मनमुटाब सिर्जना हुने तथा मिलेर गरिरहेको काममा बाधा अवरोध सिर्जना नहोला भन्न सकिन्न ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
शरिर स्वास्थ्य नहुनाले काम गर्न असजिलो महशुष हुनेछ । साथ तथा समर्थन दिने साथिभाईहरुले असहयोग गर्नेछन् । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ । व्यापारमा समय दिने व्यापारीहरुका लागी समय मध्ययम रहेकोले थोरै आम्दानिमा चित्त बुझाउनु पर्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले आशिंक साथ दिनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस