काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ले बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन् । उनले बिहान सवा १० बजे बालुवाटार पुगेर प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।
प्रधानमन्त्रीसँगकाे भेटलगत्तै उनले सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिरहेका छन् । अहिले भेटवार्ता जारी रहेको दाहालनिकट स्रोतले बताएका छन् । त्यसअघि प्रधानमन्त्रीसँग भएको भेटमा मन्त्रीपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको थियाे ।
असार २८ गते सर्वोच्च अदालतको परमादेशपछि २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । भदौ २२ गतेसम्म निर्वाचन आयोगले दल रोज्न एमाले र जसपाका प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई समय दिएकाले त्यसअघि मन्त्रिपरिषद् विस्तार नगर्ने दलहरुबीच केही दिनअघि सहमति भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस