काठमाडौँ- कोरोना संक्रमणका कारण चार महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा पुनः सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले भदौ तेस्रो सातादेखि लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) दुवै सुरु हुने जनाएको छ ।
निर्देशक लोकनाथ भुसाालले विभागले मातहतका कार्यालयलाई भदौ १० गते नै परिपत्र गरी तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्न निर्देशन दिएको बताएका छन् ।
सात दिनको समया राखेर सूचना प्रकाशन गरी परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको उनको भनाइ छ । सबै कार्यालय आन्तरिक तयारी पूरा गरी परीक्षा सञ्चालनको तयारीमा रहेको उनले बताएका छन् ।
ललितपुर सवारी चालक अनुमतिपत्र कार्यालयले २० भदौदेखि परीक्षा सञ्चालन गर्ने गरी आइतबार सूचना प्रकाशित गरेको छ । जसअन्तर्गत प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने परीक्षा, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थी, प्रयोगात्मक परीक्षामा अनुतीर्ण भई पुनः सहभागी हुन बाँकी परीक्षार्थी तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीको परीक्षा सञ्चालन हुनेछ ।
विभाग अन्तर्गत १९ वटा यातायात सेवा कार्यालयबाट सेवा प्रवाह हुँदै आएको छ । गत वैशाख १४ देखि रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा खुलाउन जनस्वास्थ्यको मापदण्ड पूरा गरी प्रगोगात्मक परीक्षा गर्ने विषयमा भदौ पहिलो साता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र विभागबीच छलफल भएको थियो ।
विभागले कोभिड-१९ महामारीको बीचमा जनस्वास्थ्यको मापदण्ड अपनाएर ट्रायल परीक्षा सञ्चालन गर्न मापदण्ड नै बनाएको छ । अब अनलाइन आवेदन र लिखित परीक्षा पनि सञ्चालन हुने विभागले जनाएको छ । करिब ४ लाख परीक्षार्थी अनलाइन आवेदन दिएर परीक्षाको प्रतीक्षामा छन् ।
विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ पनि लागू हुने जनाएको छ । यसअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकभार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुनेछन् । विभागका महानिर्देशक नमराज घिमिरेले अब हुने अनुमतिपत्रको परीक्षामा यो नियम लागु हुने जानकारी दिएका छन् ।
विभागका अनुसार अव कार्यान्वयनमा ल्याउन लागिएको व्यवस्थामा मेजर र माइनर दुई क्याटोगरीमा विभाजन गरेर प्रयोगात्मक परीक्षाको अंकभार अनुसार अंक दिनेछ । नयाँ व्यवस्था अनुसार परीक्षार्थीले ट्रायल लिनका लागि आफ्नै सवारीसाधनको प्रयोग गर्न सक्नेछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस