काठमाडौँ- कक्षा १२ का विद्यार्थीलाई सरकारले एस्ट्राजेनेका खोप दिने भएको छ । जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १२ विद्यार्थीलाई खोप दिन लागिएको हो ।
पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै बाँकी खोप कक्षा १२ का विद्यार्थीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनले भने, “कोभिसिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा वितरण गरिसकिएकोले बाँकी खोप कक्षा १२का विद्यार्थीलाई दुबै मात्रा दिन पुग्ने भएकाले चाँडै विद्यार्थी लक्षित कोभिड खोप कार्यक्रम संचालन गर्न लागेका छौँ ।”
कोरोना संक्रमणका कारण गत साउन ३१ गतेदेखि संचालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो ।
यसैसन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना प्रकाशित गर्दै कक्षा १२ को परीक्षा संचालन गर्नुपूर्व परीक्षामा सहभागी हुने १८ वर्षभन्दा माथिका विद्यार्थीहरुलाई पायक पर्ने खोप केन्द्रमा प्रवेशपत्र सहित उपस्थित भई खाप लगाउन अनुरोध गरेको छ ।
बोर्डले विद्यालयका प्राधानाध्यापक, सम्बन्धि विद्यार्थीका अभिभावक एमव् सरोकारवाला व्यक्तिहरुलाई विद्यार्थीलाई खोप लगाउने कार्यमा सरिक हुन लगाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस