काठमाडौँ- आज सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर भएका रिटमाथि सुनुवाइ हुँदै छ । यसविरुद्ध ६ वटा रिट निवेदन दर्ता भएका छन् ।
अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले गत भदौ ३ गते बदरको मागसहित दायर भएका रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको जनाकारी दिएका छन् ।
राजनीतिक दलसम्बन्धी अध्यादेश भाद्र २ गते राष्ट्रपति विद्यादेवि भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै एमाले र जनता समाजवादी पार्टी विभाजित भएका छन् ।
एमालेबाट विभाजित भएर माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । त्यस्तै जनता समाजवादी पार्टीबाट विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी जन्मिएको छ । यस अघि ओली सरकारले २०७७ साल वैशाख ८ गते सोहि अध्यादेश ल्याएको थियो । तर व्यापक विरोध भएपछि उसले वैशाख १२ मा अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।
यसअघि पार्टी विभाजनमा लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत पुग्नुपर्ने व्यवस्था थियो । नयाँ अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत भए पुग्ने व्यवस्था गरिएको छ ।
सरकारले सङ्घीय संसद्को अधिवेशन अन्त्य गरेको भोलिपल्टै अध्यादेश ल्याउनु गैरसंवैधानिक भएकाले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस