काठमाडौँ- आफू र अहिलेको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमा धेरै भिन्नता भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाबी गरेका छन् ।
ओलीले आफू र शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको उद्देश्य, मनसाय, विधि, प्रक्रिया र नियतमा फरक भएको जिकिर गरेका हुन् । पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले आफूले अध्यादेश ल्याउँदा कुनै पार्टी विशेषलाई फुटाउन नल्याएको तर अहिले एमाले फुटाउनकै लागि अध्यादेश ल्याइएको दाबी गरेका छन् ।
ओलीले भने, “त्यतिबेला पार्टीहरुभित्र असाधारण, असमान्य अवस्था कहीं थिएन। सामान्य विवाद भए पनि कुनै पनि पार्टी फुट उन्मुख थिएनन्अ । हिले एमाले विभाजन गर्नकै लागि राति १२ बजे संसद अधिवेशन अन्त्य गरेर बिहान अध्यादेश ल्याइयो।”
अध्यादेश जारी गर्नु आफैंमा असंवैधानिक होइन भन्दै ओलीले संसद अधिवेशन नचलेको बेला, अन्त्य भएका बेला वा संसद विघटन भएको अवस्थामा अध्यादेश आउन सक्ने तर त्यो देश र जनताका लागि हुनुपर्ने ओलीको भनाइ छ ।
ओलीले थप भने, “बरु माधव नेपालसँग जति जना सांसद संख्या पुग्छ त्यति भए पुग्ने भनेर लेखेको भए हुन्थ्यो, त्यसमा उहाँहरु अल्मलिनुभएछ। माधव नेपालले पार्टी विभाजन गरेपछि अध्यादेश स्वतः रद्ध हुन्छ भनेर उहाँहरुले लेख्न छुटाउनुभएछ।”
पत्रकार सम्मेलनमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस