काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन् ।
प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तरवार्तामा नेता गौतमले एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन् । माओवादी केन्द्रसँग १७ हजार जनताको रगतमा टेकेर बनेको ऐतिहासिक पृष्ठभूमि रहेको र एमाले संसदीय संघर्षको पृष्ठभूमिबाट बनेको भन्दै एकता सम्भव नभएको उनले दाबी गरेका छन् ।
माओवादी र एमालेबीच एकता हुँदा आधा-आधा कार्यकाल प्रधानमन्त्री हुने कुनै सम्झौता नगरेकाे पनि उनले बताए। गौतमले केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठले बालुवाटारमा मध्यरातमा कार्यकाल आधा-आधा बाँड्ने सम्झौता गरेर आफूहरूलाई सुनाएकाे मात्रै बताएका छन् ।
आफूलाई एकताको जिम्मा दिए ओली र नेपाललाई मिलाएरै छाड्ने उनले दाबी गरे । गौतमले आफूलाई हराउन केपी शर्मा ओली नै लागिपरेको बताएका छन्।
प्रधानमन्त्रीको उम्मेदवार भनेर बर्दियाका जनताले प्रचार गरेकै कारण आफूलाई ओलीको नेतृत्वले नै हराएको पनि गौतमले दाबी गरे ।
एमालेबाट विभाजित भइ नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालले सहकार्यबारे आफूसँग सांगठनिक हैसियतले प्रस्ताव नगरेको पनि उनले बताए । अब नेपाल नेतृत्वको पार्टीमा प्रवेश गरी सरकारमा सहभागी हुने कुनै सम्भावना नभएको उनको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस