काठमाडौँ- अफगानिस्तनमा तालिबानले कब्जा जमाएसँगै त्यसको असर छिमेकी मुलुकहरुमा पर्न थालेको छ । भारतसँगको सीमापार व्यापार तालिबानले बन्द गरेको छ ।
सामान्य अवस्थामा दुई देशबीच मालवाहक सवारीसाधन पाकिस्तानको बाटो हुँदै आवतजावत गर्ने गरेका छन् ।
फेडेरेशन अफ इन्डियन एक्सपोर्ट अर्गनइजेशनले गाडीको आवतजावत रोकिएका कारण लाखौं डलरको सामान आयात र निर्यात रोकिएको जनाएको छ ।
भारतका लागि व्यापारमा अफगानिस्तान सबैभन्दा ठूलो सहयोगी हो । अफगानिस्तानमा ड्याम, स्कूल र सडकको विकासका लागि भारतले लाखौं डलर लागनी गरेका छन् ।
एफआईईओका महानिर्देशक डाक्टर अजय सहायले समाचार एजेन्सी एएनआईसँग भने, “अफगानिस्तानको स्थितिलाई हामीले लगातार हेरिरहेका छौं । त्यहाँबाट आयात हुने सामान पाकिस्तानको बाटो हुँदै भारत आउने गरेको छ । अहिले तालिबानसँग पाकिस्तान तर्फ जाने सबै मालबाहक गाडिलाई रोकिदिएको छ । आयात पूर्ण रुपमा ठप्प भएको छ ।”
अफगानिस्तानको निर्यात रणनीतिमाथि इन्टरनेशनल ट्रेड सेन्टरको एक रिपोर्ट अनुसार विश्वमा ड्राई फ्रुटको आयातकर्ता मध्ये भारत एक हो ।
ड्राई फ्रुट आयात गर्नेमा अमेरिका, जर्मनी र हङकङपछि भारत चौथो नम्बरमा छ । रिपोर्टका अनुसार भारत ठूलो मात्रामा ड्राई फ्रुटको आयात अफगानिस्तानबाट गर्छ ।
रिपोर्टका अनुसार बदाम, किशमिश, पिस्ता, अन्जीर निर्यातमा भारत अफगानिस्तानको सबैभन्दा ठूलो खरीदकर्ता हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस