काठमाडौँ- नेकपा एमाले विभाजनपछि सत्ता गठबन्धन दल मन्त्रिपरिषद विस्तारका लागि जुटेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष तथा संयोजक माधवकुमार नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
तीन नेताले पछिल्लो राजनीतिक विषयमा छलफल गर्न बालुवाटारमा बैठक गरेको बालुवाटार स्रोतले जनाएको छ । बुधबार मात्र नेकपा एमालेबाट छुट्एिर नेकपा एमाले समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपालले देउवा र प्रचण्डसँग सरकारमा सहभागिता तथा राजनीतिक दल विभाजन सहज हुनेगरि ल्याइएको अध्यादेशबारे छलफल गर्न बालुवाटारमा जुटेका हुन् ।
देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको आधारमा रहेर २० प्रतिशतभन्दा धेरै केन्द्रीय कमिटी सदस्य लिएर नयाँ दल गठन गरेका नेपालले सरकारमा सहभागिताबारे पनि आजको बैठकमा छलफल गरिरहेको जनाइएको छ ।
सत्तारुढ गठबन्धनले आजै सरकार विस्तार गर्ने निर्णय गर्न सक्ने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस