काठमाडौँ- चीनबाट आठ लाख डोज भेरोसेल खोप आइपुगको छ । बुधबार हिजोराति १२ बजे चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये ८ लाख खोप नेपाल आइपुगको हो । त्यस्तै भाेलि थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने बताइएकाे छ ।
व्यवस्थापन महाशाखाका फार्मेसी अधिकृत बडेबाबु थापाले भने, “खोप राति १२ बजे आइपुग्यो, अहिले खोप टेकु र केही विमानस्थलकै भण्डारण केन्द्रमा राख्ने तयारी भइरहेको छ ।”
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ । बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले जनाएको छ ।
यस्तै, जापानले कोभ्याक्स मार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी ७ लाख डोज खोप भदौ ५ र ७ गते आउने भएको छ ।
नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार ३५ लाख ८६ हजार ६७३ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् भने ४७ हजार ६४ हजार ८५६ जनाले पहिलो मात्रा लगाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस