काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सावरी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा गएराती बस र ट्रक आपसमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ । त्यस्तै १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ की २७ वर्षीया रेनुका कुलुङ रहेकी छिन् ।
प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा उनको आज बिहान करिब सवा ४ बजे उनको मृत्यु भएको जनाएको छ । बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बरको ट्रक गएराति २ बजे आपसमा ठोकिएका थिए ।
यस्तै झापाको बाह्रदशी गाउँपालिका ७ सिमल चोक नजिकै गएराति कारको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । प्रदेश १, ०१–०१२ प १९४२ नम्बरको स्कुटरलाई प्रदेश १, ०१–००१ च ७२७७ नम्बरको कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते भएका स्कुटर चालक स्थानीय २८ वर्षीया प्रमिता कार्की र सोही ठाँउकी ३२ वर्षीया सरस्वती मगरलाई उपचारको लागि वि.एण्ड. सी अस्पताल विर्तामोड पठाइएको थियो। उपचारकै क्रममा सरस्वतीको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका १३ काली मन्दिर चोकमा हिजो साँझ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका ६ की ६० वर्षिया भुल्कीदेवी कामत रहेकी छिन् । ना ४ ख ८३७१ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो । महोत्तरीको गौशाला नगरपालिका १ रामनगरमा हिजो बेलेकी कारको ठक्करबाट पैदलयात्री रामपुकार महतो रहेको मृत्यु भएको छ। बा ६ च ४६१७ नम्बरको कारले पैदलयात्री महतोलाई हिजो बेलुकी ८ बजे ठक्कर दिएको हो ।
ठक्कर दिने कारका चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस