काठमाडौँ- कोरोना संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबारको प्रेस ब्रिफिङमा बोल्दै कोरोना संक्रमणको दर बढ्दै गएकाले अस्पतालहरुमा शय्या अभावको अवस्था फेरि आउनसक्ने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएका छन् ।
अधिकारीले संक्रमण बढ्दै गएमा स्वास्थ्यका पूर्वाधारले धान्न गाह्रो हुने र अस्पतालका शय्या व्यवस्थापन गर्न पनि समस्या हुनसक्ने बताएका छन् ।
कोरोना संक्रमणको अवस्थामा कमी ल्याउन अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, एक व्यक्ति अर्को व्यक्तिबाट कम्तिमा २ मिटर टाढा बस्ने र बेलाबेलामा साबुनपानीले हात धुन अनिवार्य रहेको डा अधिकारीले जानकारी दिएका छन् । साउन लागेपछि कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै उनले संक्रमण समुदायमा फैलन नदिन संक्रमित पहिचान छिट्टै गरी उनीहरुलाई आइसोलेसनमा राख्न जरुरी रहेको पनि बताएका छन् ।
कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च
गत २४ घण्टाको तथ्यांकलाई हेर्दा कुल परीक्षण दरको २६ दशमलब २ प्रतिशतमा संक्रमण पुष्टि भएको डा अधिकारीले जानकारी दिए ।
नेपालमा गत २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ११ हजार ३५४ नमुना पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९४४ नमुना परीक्षण गर्दा एक हजार १३२ नमुना पोजिटिभ आएको थियो। यो दर राष्ट्रिय औषत दरभन्दा धेरै माथि रहेको उनको भनाइ छ ।
यस्तै डा अधिकारीका अनुसार कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च रहेको छ । कर्णाली प्रदेशमा ५७ दशलमब ३ प्रतिशत, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ । हाल देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित छन् ।
तीमध्ये ३० हजार २७० जना सक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना संक्रमित उपचाररत छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस