काठमाडौँ- आफूलाई सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । निर्देशक शाक्यले सरकारले आफूलाई अन्य जिम्मेवारी दिने सन्दर्भमा आवश्यकता अनुसार जहाँ जान पनि तयार रहेको बताएका हुन् ।
उनले भने, “मलाई अब अरू कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर सोध्नुभएको छ । मैले मेरो आवश्यकता महसूस गरेर सरकारले जहाँ सुकै पठाए पनि जान तयार रहेको बताएको छु । मेरो प्राविधिक कार्यक्षेत्र हो । प्लानिङ पनि गर्छु । आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै क्षेत्रमा पठाए पनि काम गर्छु ।”
आफ्नो कार्यकाल अवधिभर कोभिड महामारी र लकडाउन भएको भए पनि विद्युत्मा कुनै समस्या नहुनेगरी काम गरेको कार्यकारी निर्देशक शाक्यले बताएका छन् । गतवर्षभन्दा यस वर्ष विद्युत् आपूर्ति कम रोकिएको उनको दाबी छ । उनले अस्पतालहरूमा सबै समय विद्युत् उपलब्धताको बस्दोबस्त मिलाइएको पनि बताए । यसबीचमा ढल्केबर ४०० केभी सबस्टेशनलाई नेपाल–भारत ४०० केभीमा सञ्चालनमा ल्याएको, खिम्ती–ढल्केबर २२० केभी सञ्चालन गरेको, माथिल्लो तामाकोशीको काम अगाडि बढाएको, थप १३ जिल्लामा पूर्ण विद्युतीकरण गरिएको र कर्णालीमा पहिलोपटक राष्ट्रिय प्रणालीको विद्युत् पु¥याएको उनको भनाइ छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस