काठमाडौँ- दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा नेपाली कांग्रेसका नेता गगनकुमार थापाले जोड दिएका छन् । उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बुधबार पत्रकारसँगको कुराकानी गर्दै बताएका छन् ।
उनले भने, “नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो । त्यो तागत फेरि दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ।”
दार्चुला व्याँस गाउँपालिकाका युवा जयसिंह धामी महाकालीमा तुइन तर्ने क्रममा भारतीय सुरक्षा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता भएका खबर सार्वजनिक भएको थियो ।
उनले थप भने‚ “सुकुम्बासी समस्या समाधानका लागि सरकारले न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्नुपर्छ।ֹ”
फरक प्रसंगमा नेता थापाले कांग्रेसको महाधिवेशन संविधान र कानूनले दिएको समय र सीमाभित्र रहेरसम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्रको विवाद नसुल्झिए पुनः केन्द्रीय समितिमा ल्याउनुपर्ने आवश्यकता औल्याउँदै उनले विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक बोलाउन भनिएकामा बैठक नबोलाउने तर समय घर्किएपछि महाधिवेशन हुन सकेन भन्न नपाइने धारणा पनि व्यक्त गरे ।
पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस